Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको ब्राण्ड प्रवद्र्धकमा मह जोडीलाई निरन्तरता

अर्थ सरोकार

सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ । मह जोडी बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छ । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागि एक समारोह बिच सम्झौता पत्र हस्ताक्षर भएको हो । 
सम्झौतापत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठित कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए ।
उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै— टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK