काठमाडौँ – बेष्ट रेमिट नेपाल प्रा.लि. को नाम परिबर्तन गरिएको छ । कम्पनीको गत मंसिर ६ गते सम्पन्न साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । त्यस्तै, नाम परिवर्तनका लागि कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले गत पुस ७ गते स्वीकृति दिएको थियो भने नेपाल राष्ट्र बैकले गत पुस २३ गतेको सैद्घान्तिक सहमति दिएको थियो ।
जसअनुसार, कम्पनीको नाम बेष्ट रेमिटबाट परिवर्तन भई जि. एम. ई. रेमिट प्रा. लि. कायम भएको छ । नाम परिवर्तन भएसँगै साविकको बेष्ट रेमिट नेपाल प्रा.लि.को नाममा कायम रहेकोे सम्पुर्ण सम्पती तथा दायित्व परिबर्तित नाम जि.एम.र्ई. रेमिट प्रा. लि.को नाममा स्वतः सरेको कम्पनीले जानकारी दिएको छ ।