×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसाका लागि सेञ्चुरीलाई धोका दिएको पाप : नबिल बैंकले पनि खारेज गर्यो अनिल शाहको नियुक्ति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पैसाका लागि सेञ्चुरीलाई धोका दिएको पाप : नबिल बैंकले पनि खारेज गर्यो अनिल शाहको नियुक्ति !

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नबिल बैंकले अनिल शाहको नियुक्ति खारेज गरेको छ । नबिल बैंकको सञ्चालक समितिले सोमबार शाहको नियुक्ति खारेज गरेको हो । नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको नीति ल्याएपछि समेत अनिल शाहलाई त्यसभन्दा अघि नै नबिलमा ल्याउने कसरत गरेको नबिलले अन्तत: केहि सीप नलागेपछि उनको नियुक्ति नै खारेज गरेको छ ।  बैंकले नियुक्ति बदर गरिएको निर्णय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जमा पठाइसकेको छ।
यसो त राष्ट्र बैंकको यसअघिको निर्देशनले बैंकहरुले प्रमुख कार्यकारी पद तीन महिनाभन्दा खाली राख्न नपाउने ब्यवस्था गरेको छ । अनिल शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको उक्त निर्देशनले रोक्ने भएपछि अन्तत: उनको नियुक्ति खारेज गरिएको नबिल बैंकका एक संचालकले अर्थ सरोकार डटकमलाइ जानकारी दिएका छन् ।  
यसो त सेञ्चुरीमा गैरकानुनी तलवको सम्झौता गरेको बारे अर्थ सरोकारले समाचार प्रकाशित गरेपछि उनलाई राष्ट्र बैंकले तलव घटाएर मात्र सेञ्चुरी जाने आसयको निर्देशन दिएको थियो । त्यसो गर्दा आफ्नो बेइज्जत हुने भएपछी उनले नबिलमा नियुक्ति लिएका थिए । तर नबिलमा नियुक्ति पाएको दोश्रो दिननै कुलीङ पिरियडको नीति आएपछि उनी नबिल जालान् कि नाजालान् भन्ने कौतुहलता सबैमा थियो । तर अघिल्लो दिननै नियुक्ति भएकाले उनलाई उक्त नीति लागु नगराउन भन्दै नबिलको एक समूह राष्ट्र बैंकसम्म पुगेको थियो । तर यसबारे पनि अर्थ सरोकारले समाचार प्रकाशित गरेपछि अन्तत नबिलले शाहको नियुक्ति खारेज गरेको छ।       
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी