×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसियाले माग्यो ५० चार्टड एकाउन्टेन्ट, आइक्यानको सदस्यता भएकालाई प्राथमिकता !

PRIME CA

एनआइसी एसियाले माग्यो ५० चार्टड एकाउन्टेन्ट, आइक्यानको सदस्यता भएकालाई प्राथमिकता !

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनआइसी एसिया बैंकले ५० जना चार्टड एकाउन्टेन्ट मागेको छ । एक सार्वजनिक सुचना जारी गर्दै बैंकले यस्तो माग गरेको हो । जुनियर अफिसर र अफिसर पदमा बैंकले काठमाडौँभित्र र बाहिर काम गर्नका लागि सिएहरु माग गरेको हो । बैंकले आइसीएआइ र आइक्यानबाट पास भएका सिएहरुलाई यो भ्याकेन्सी खुलाएको हो । यद्यपी बैंकले आइक्यानको सदस्यता भएकाहरुलाई प्राथमिकता दिने बताएको छ । अन्य जानकारी यो लिंकमा गएर हेर्न सकिनेछ ।

जुनियर अफिसरमा सिए ?
यद्यपी बैंकले जारी गरेको यस्तो सुचनाको चौतर्फी बिरोध हुन थालेको छ । ‘आइक्यानको सदस्यता भएका सिए माग्ने अनि जुनियर अफिसरमा कर्मचारी लिने ?  भन्दै बैंकले आइक्यानबाट उतिर्णहरुकै बेइज्जत गरेको भन्दै यो भ्याकेन्सीको चौतर्फी विरोध भएको हो । यसो त यो बैंक थुप्रै सिएहरु काम गर्ने बैंकको रुपमा चिनिन्छ भने बैंकका डेपुटी सीइओ रोशन न्यौपानेसमेत सिए नै हुन् । यसबारे हामीले रोशन न्यौपानेलाई सम्पर्क गर्दा उनको फोन अफ छ ।   

यसअघि पनि भएको थियो यस्तै विरोध !
यसो त आइक्यानका सदस्यहरुलाई जुनियर अफिसरमा मागिएको यो पहिलोपटक भने होइन । यसअघि नेपाल बंगलादेश बैंकले यस्तै भ्याकेन्सी खुलाउँदा विरोध भएपछि बैंकले उक्त भ्याकेन्सी सच्याएको थियो । एनआइसी एसिया बैंकको यो कामको पनि विरोध भइरहेका बेला यसलाई नियामक आइक्यानले कसरी हेर्छ, त्यो भने हेर्न बाँकी नै छ । आइक्यानले हरेक पब्लिक लिमिटेड कम्पनीको सीएफओको पदमा सिए अनिवार्य गर्न लविङ गरिरहेका बेला एनआइसी एसिया बैंकले गरेको यस्तो कामलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: