×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूद्धारा दुई शाखा विस्तार

PRIME CA

बैंक अफ काठमाण्डूद्धारा दुई शाखा विस्तार

२७ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बिराटचोक तथा इमाडोलमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
विराटचोक शाखा कार्यालय मिति २०७४/०९/२६ गते बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईँको उपस्थितमा उद्घाटन गरिएको हो । त्यस्तैगरी इमाडोल शाखा कार्यालय मिति २०७४/०९/२६ गते बैंकका संचालक संजय बहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेको उपस्थितमा गरिएको हो । यी शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्व प्रवाह गरेको छ। हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: