×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनको साधारण सभा सम्पन्न, सभामा नगद लाभांस पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयनको साधारण सभा सम्पन्न, सभामा नगद लाभांस पारित

Artha Sarokar

६ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – हिमालयन डिष्टिलरी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, विरगन्ज म.न.पा. २१, लिपनिविर्ता पर्सामा मिति २०७४ साल मंसिर २९ गते सम्पन्न भएको छ । सभा कम्पनीका संचालक समितिका अध्यक्ष श्री अखिलेश्वर प्रसाद सिंहको अध्यक्षतामा भएको र कम्पनीका संचालक श्री नरेन्द्र कुमार वस्न्यात्, श्री शंकर राज पाण्डे र श्री साण्टु श्रेष्ठ लगायत शेयरधनीहरुको उपस्थिती रहेको थियो । उक्त सभामा कम्पनीको सम्पूर्ण शेयर संख्या मध्ये ९५ प्रतिशत भन्दा वढिको प्रतिनिधीत्व रहेको सभाका सहजकर्ता तथा संचालकले जानकारी गराए । 
उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गर्नुका साथ साथै कम्पनीले आर्जन गरेको मुनाफाबाट सम्पूर्ण शेयरधनीलाई नगद लाभंसमा लाग्ने कर सहित प्रति शेयर रु.२१.०५ मात्रका दरले नगद लाभांस वितरण गर्ने निर्णय समेत गरेको छ ।
साथै संचालकको चयन गर्ने विषयमा निर्वाचन कार्यक्रम प्रकाशित गरि सो अनुसारको कार्य गर्दा कम्पनीका संस्थापक समुहबाट श्रीमती रहिशा शाह श्रेष्ठ, श्री अखिलेश्वर प्रसाद सिंह र श्री नरेन्द्र कुमार वस्न्यात् सर्व साधारण समुहबाट श्री शंकर राज पाण्डे र साण्टु श्रेष्ठको मात्र मनोनयन/उम्मेदरवारी परेको र सो शंख्या कम्पनीको नियमावली बमोजिम हुनु पर्ने संचालक सदस्यहरुको रहेकोले मनोनयन दर्ता गर्ने निर्विरोध निर्वाचित हुनु भएको घोषणा निर्वाचन अधिकृत अधिवक्ता रामेश्वर सेढाईले गरी उपस्थित निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र उपलब्ध गराउनुका साथ साथै सफल कार्यकालको कामना समेत व्यक्त गर्नु भएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी