×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले औपचारिक कारोबार थाल्यो, परम्परागत बीमा बजार भन्दा माथि उठ्ने उद्घोष

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु लाइफ इन्स्योरेन्सले औपचारिक कारोबार थाल्यो, परम्परागत बीमा बजार भन्दा माथि उठ्ने उद्घोष

२८ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गरेको छ।बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे ।
नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ।कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए।
उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरे। प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताए। भट्टचनले प्रभु जीवन बीमा कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे. हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं।जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’उनले भने,अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं।‘
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे।‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं। गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’उनले भने,हाम्रो उदेश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो।‘ पाण्डेले दश वर्षको धैर्य र नौ महिनाको अथक परिश्रमपछि कम्पनी कारोबारको अवस्थामा आएको बताए।
सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने बताए।कार्यक्रममा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायत अन्य विशिष्ठ व्यक्तिको उपस्थिति रहेको थियो। दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्।कम्पनीले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गरिनेछ।
कम्पनीले अमूल्य जीवन बीमा र समृद्ध जीवन बीमा योजना ल्याएको छ।कम्पनीका अनुसार अमूल्य जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनायो । बीमालेख परिपक्व भएपछि बीमाशुल्क भुक्तानी गर्नुनपर्ने र कुनै पनि समयमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई एक मुष्ठ बीमांक रकम दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यदि बीमित सय बर्षसम्म जीवित रहेमा सय बर्ष पुगेको बर्षगाँठमा निजलाई एक मुष्ठ बीमाङ्क रकम पुनः भुक्तानी गरिनेछ।कम्पनीका अनुसार समृद्ध जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ । बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिने कम्पनीले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी