
स्पर्स लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको लागि ३ दिने सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न गरेको छ । उक्त तालिमको उद्घाटन यहि मंसिर १७ गते आइतवार कार्यक्रमका प्रमुख अतिथि तथा वित्तीय संस्थाका अध्यक्ष प्रा.डा. सुशिल भक्त माथेमाले गरेका थिए । लघुवित्त कार्यक्रम संचालन सम्बन्धी समस्याहरु निराकरण गर्ने, सफ्टवेयरको समस्यामा सहजिकरण गर्ने तथा त्रैमासिक लक्ष्य र प्रगती सम्बन्धमा समिक्षा गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
तालिममा वित्तीय संस्थाका संचालकहरु राम बहादुर क्षेत्री, राजुराम अधिकारी, रविन सुवेदी, सुरेन्द्र न्यौपाने लगायतले वित्तीय संस्थाको स्थापनाको उद्देश्य माथि प्रकाश पार्दै शाखा प्रबन्धकहरुलाई उत्पे्ररित गर्न विभिन्न भनाईहरु राखेका थिए । कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले नेपालमा हाल ५३ वटा लघुवित्त संचालनमा रहेको, २५ वटा गैर सरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम गरेको, करिब १० वटा जति अन्तिम स्वीकृति पाउने पर्खाइमा रहेको तथा राष्ट्र बैंकले पुनः अरु ६० वटा लघुवित्तहरुलाई लाइसेन्स प्रक्रिया खोल्ने तयारी गरिरहेको जानकारी गराउदै हरेक क्षेत्रमा चुनौती रहेको र चुनौती सँगै जहिले पनि अवसर जोडिएर आउने भएकोले चुनौतीलाई होसीयारी पुर्वक स्वीकार गर्दै अवसरको सदुपयोग गर्न सुझाव दिए ।
कार्यक्रमको दोश्रो दिन कर्जा तथा अनुगमन विभाग प्रमुख हरिशरण गिरीले शाखाहरुको लक्ष्य तथा प्रगती समिक्षा संचालन गरेका थिए भने सिनर्जीटेक सफ्टवेयरका प्रमुख सुदय महर्जनले सफ्टवेयर सँग सम्बन्धित सम्पुर्ण समस्याहरुमा दिनभरी सहजीकरण गरेका थिए ।
त्यस्तै गरी कार्यक्रमको तेश्रो दिन वित्तीय संस्थाका विभागीय प्रमुखहरु ऋषभ सुवेदी, पबन बराल र बिनोद पराजुलीले आफ्नो आफ्नो विभागसँग सम्बन्धित प्रस्तुतीहरु दिएका थिए । कार्यक्रमको औपचारीक समापन गर्र्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले सफल हुनको लागि आफ्नो काममा रमाईलो गर्ने बानीको विकास गर्दै हरदम आफुलाई खुशी राख्ने उपायहरु खोजी गर्नुहुन तथा सकारात्मक सोचको विकास गर्न आग्रह गर्दै वित्तीय संस्थाको भावि रणनीतिहरुबारे प्रकाश पारेका थिए ।
मंसिर १७ गतेदेखि १९ गतेसम्म ३ दिन कार्यसंचालन, जनशक्ति तथा तालिम विभागका प्रमुख पवन बरालले संचालन गरको उक्त तालिममा १५ जना शाखा प्रबन्धकका साथै वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वित्तीय संस्थाले अगामी ५ वर्षमा राष्ट्रिय स्तरको भई ७५ वटा शाखा मार्फत करिब १ लाख सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब ३ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्