Skip to content
LAXMI SUNRISE BANK

बाबुरामलाई जिताउन पैसा बाँड्दै गर्दा नयाँ शक्तिका नेता पैसासहित रंगेहात पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । गोरखामा नयाँ शक्तिका नेता पैसा बाँड्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । डा. बाबुराम भट्टाराई जिताउन भन्दै मतदातालाई पैसा बाड्दै गरेका नयाँ शक्ति पार्टीका कार्यकर्ता पक्राउ गरेका छन् ।
शनिबार राती १ बजे गोरखाको क्षेत्र नम्बर २ अन्तरतग शिरानचोक गाउँपालिका – ८ गोपालडाँडामा नयाँ शक्तिका ५ जना नेताहरु गाडी र नगद रकमसहित पक्राउ परेका हुन् । अहिले उनीहरु प्रहरीको नियन्त्रणमा छन् ।
पक्राउ पर्नेहरूमा चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ त्यसैगरी गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा – ८ बस्ने खुशबहादुर थापा रहेका छन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK