×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० महिनामा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१० महिनामा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढ्यो

Artha Sarokar

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको १० महिनामा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको जनाएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले साउनदेखि वैशाखसम्म मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको जनाएको हो । 
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब ८१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा भने जम्मा ७ खर्ब ६० अर्ब ४८ करोड बराबरको मात्र खर्च भएको थियो । यस्तो खर्च चालूतर्फ ६ खर्ब ३० अर्ब २० करोड र पुँजीगततर्फ एक खर्ब २५ अर्ब ८८ करोड भएको मन्त्रालयको भनाई छ ।
यता वित्तीय व्यवस्थापन तर्फ सरकारले सोही समयमा कुल ६८ अर्ब ७२ करोड खर्च गरेको जनाएको छ । मन्त्रालयकाअनुसार समीक्षा अवधिमा संघीय सरकारको खर्च चालू तर्फ र पुँजीगत तर्फ क्रमशः १०.२ प्रतिशत र १०.२ प्रतिशतले बढेको छ भने वित्तीय व्यवस्थापनतर्फ ७.४ प्रतिशतले घटेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी