×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरेक दिन धुलो खाना वाध्य काठमाडौँबासीलाई हुनेभो राहत, महानगरले ल्याउँदै छ समाधानको रुपमा जेट मेसिन

PRIME CA

हरेक दिन धुलो खाना वाध्य काठमाडौँबासीलाई हुनेभो राहत, महानगरले ल्याउँदै छ समाधानको रुपमा जेट मेसिन

२० भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँको धुलो खाएर हैरान भएकाहरुलाई खुसीको खबर छ । काठमाडौं महानगरपालिकाले ३ महिनाभित्र उच्च क्षमताका जेट मेसिन ल्याएर काठमाडौंको धुलो पखाल्ने भएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले दिएको जानकारी अनुसार अबको तीन महिनाभित्र उक्त जेट मेसिन काठमाडौँ आइपुग्नेछ भने त्यसले महानगरमा धुलो हटाउने काम गर्नेछ ।
प्रवक्ता कार्कीले दिएको जानकारी अनुसार उक्त जेट मेसिन खरिदका लागि महानगरपालिकालार्इ अर्थ मन्त्रालयले ९ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । ‘अहिले महानगरले ५ वटा उच्च क्षमताका मेसिन खरिद गर्न लागेको हो । यसले धुलो खाइरहेका काठमाडौँबासीहरुलाई ठुलो राहत हुनेछ ।’ उनले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: