×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काठमाडौँ उपत्यकाका निर्माण व्यवसायीको हक हितका लागि हाम्रो प्यानलकै जीत आवश्यक छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘काठमाडौँ उपत्यकाका निर्माण व्यवसायीको हक हितका लागि हाम्रो प्यानलकै जीत आवश्यक छ’

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • रामशरण बुढाथोकी, अध्यक्षका प्रत्यासी, काठमाडौं उपत्यका निर्माण व्यववसायी संघ
म बल्डवाइड कन्ट्रक्शन प्रा.लिमा सञ्चालक छु । मैले निर्माण व्यवसायमा झण्डै दुई दशक विताइसके, यो दौरानमा हामी निर्माण व्यवसायीहरुमा थुप्रैै खालका समस्याहरु छन् । ती समस्याहरुलाई समाधान गर्न काठमाडौं उपत्यका निर्माण व्यवसायीहरुले विगतका नेतृत्वले निर्माण व्यवसायीहरुका दुःख, पिठा, अप्ठ्यारो फुकाउन सकेनन् । वर्तमानको अध्यक्षको नेतृत्वले त झनै कुनै त्यस्ता ठोस काम केही पनि गर्न नसकेको देखियो । त्यसकारण व्यवसायीहरुले यो कार्यकाल भन्दा अगाडी मैले महासचिवमा निर्वाचित भई महासचिवको पदीय जिम्मेवारी राम्रो निर्वाह गरी निर्माण व्यवसायी काठमाडांैलाई कार्यालय सञ्चालन व्यवसायीहरुको एकता र निर्माण क्षेत्र काठमाडौंका सबै व्यवसायीहरुको सहभागीता गराउने काम मैले गरेको थिएँ । त्यो कामबाट निर्माण व्यवसायी काठमाडौंका साथीहरुले मलाई नेतृत् वगर्न रामशरण बुढाथोकी सक्षम छ भनी विश्वास गरेर अगाडी सार्नु भएको छ । उहाँहरुकै सल्लाह, सुझाव उहाँहरुकै आग्रहमा मैले अध्यक्षमा उम्मेदवारी दिएको हो ।
यसपाली पनि मेरो उम्मेदवारी नै किन भन्ने पनि प्रश्न उठ्न सक्छ । निर्माण व्यवसायीका समस्याहरुलाई सामुहिक रुपमा सम्बोधन गर्न सरकार मातहतका र सम्बन्धित निकायसँग समन्वयकारी भूमिका साथै आवश्यक परेमा संयुक्त निर्माण व्यवसायीहरुको एकता, संस्थाको नीति, विधि प्रक्रिया अुनसार दबाबमूलक कार्यक्रमलाई समेत प्रभावकारी बनाई व्यवसायीहरुमा देखिएको समस्याको निकासदिन जस्तै काठमाडौ ंमहानगरपालिकाभित्र बिलपास भएको छ महिनासम्म भुक्तिानी रोकिएको छ । त्यसको पहलकदमी लिन जबकी सरकारी नियममा नै बिल पेश गरेको २८ दिनभित्र भुक्तानी दिइसक्नु पर्ने नियम छ तर ७ महिना, आठ महिनासम्म भुक्तानी रोकेर दुःख दिइराखेका छन् यो सत्य तथ्य कुरा सार्वजनिक गरी घुस दिने चलनको अन्त्य गर्न, देश निर्माण गर्ने हामी व्यवसायीहरु पारदर्शी र जवाफदेही बन्न, बनाउन मेरो उम्मेदवारी हो । मलाई विश्वास छ यो काम मेरो नेतृत्वमा गर्न सक्छु । साना व्यवसायीदेखि ठूला व्यवसायी सबैलाई समेट्न पनि मेरो उम्मेदवारी हो ।
धेरै कुरा मिलाउनु छ । व्यवसायीहरु त व्यवसायीहरु अनियन्त्रित भएका छन् । सबैलाई एकतामा संयुक्त हुन वातावरण बनाउँछु । अर्को साना व्यवसायीहरुमा भरपूर टेक्निकलहरु पर्याप्त छैनन् त्यसलाई पूर्ति गर्न कन्सल्ट्यान्ट हायर गर्ने साना व्यवसायीले बनाउन नसकेको बील बनाइदिने, सुपरभिजन गरिदिने सर्टेन बिल एमाउण्ट लिएर फि तिरेर व्यवसायी गर्न वातारण क्रिएट गर्ने अर्को हेल्प डेस्क राख्ने हेल्प डेस्क राखेर व्यवसायीहरुको समस्या के छ । हेल्प डेस्कबाट जानकारी गराउने उनीहरुको समस्या सुन्ने र समस्याको मूल्यांकन गरी समाधान गर्नेछौं । 
अर्को लिगल एड्भाइजर कानूनी सल्लाहकार समेत छैन । अहिले लाखौं, करोडौं काम गरेका हुन्छन् बील पेश गरेका हुन्छन्, ५,६ महिनासम्म बिलको भुक्तानी पाएका हुँदैनन् । नियममा स्वतः बिल पेश गरेको २८ दिनभित्रमा भुक्तानी नदिएमा व्यवसायीलाई सरकारले १० प्रतिशत ब्याज थपेर भुक्तानी तिर्नुपर्छ । यस्ता कानूनी विषयमा तालिम दिएर व्यवसायीलाई दक्ष बनाउने छौं । र कानूनी सल्लाहकारको सहायतामा त्यो काम गर्नेछौं । अर्को प्राविधिक इन्जिनियरहरु हायर गरी कसलाई दक्ष इन्जिनियर आवश्यक छ संघबाट सम्पर्कमा राखी सजिलै भनेको बेलामा उपलब्ध गराइनेछ ।
निर्माण व्यवसायी महासंघसँग काठमाडौं उपत्यका निर्माण व्यवसायीसँग कस्तो सम्बन्ध अझ राम्रो बनाउनु छ । 
विगतमा राम्रो थियो म काठमाडौंको महासचिव हुँदा । महासंघमा पेम्बा लामा अध्यक्ष हुनुहुन्थ्यो हाम्रो कुनै समस्या भयो भने मैले पेम्बामार्फत पहल गर्थे सम्बोधन पनि हुन्थ्यो । अहिले वर्तमान काठमाडौंको अध्यक्षले महासंघसँग समन्वय गरेको पाएका छैनौं ।
हामीले सरकारबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा भनेको जसरी पाउनु पर्ने हो त्यसरी पाएका छैनौं । टेण्डरको प्रक्रिया ई–भ्यालुएशन भन्नेहुन्छ त्यो एक महिनामा पूरा गर्ने भन्ने छ तर ५–६ महिना लागेको अवस्था छ । जब पिक आवरमा आएर काम स्वीकृत गरेको हुन्छ त्यो अवस्थामा काम गर्न सक्ने अवस्था हुँदैन । ढिलो स्वीकृत दिनुहुन्छ अनि छिटोछिटो भन्दै दबाब पनि दिनुहुन्छ तर भुक्तानी भने टाइममा दिँदैनन् । 
त्यसो हुँदा व्यवसायीले ऋण गरेर काम चलाएका हुन्छन् । हामीले ‘क्लेम’ गर्ने भनेको १० प्रतिशत तर यता, ५–६ महिनामा ३६ प्रतिशतले ब्याज तिर्दा व्यवसायीको ढाड सेकिसकेको हुन्छ, यस्तो अवस्था छ । यस्तो अवस्थालाई सहयोग भन्ने कि के भन्ने ? तपाई आफै भन्नुस् । काठमाडौं महानगरपालिकामा त झन जनप्रतिनिधिहरु आएपछि राम्रो हुन्छ भनेको साथीहरुको ५–६ महिनाको अहिलेसम्म भुक्तानी भएको छैन । यति धेरै पैसाको हामीले केही नपाए किन दिने भन्ने सोचाइले गर्दा समस्या भइराखेको छ । दिनहुँ हामी डेलिगेशन गइरहेका छौं । निर्माण व्यवसायी त मान्छे नै होइन जस्तो भएको छ ।
काठमाडौँका व्यवसायीहरुलाई मेरो अनुरोध छ । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा व्यवसायीहरुको मुद्धा, माग सुन्न सक्ने, बुझ्न सक्ने समस्याको समाधान निकाल्न सक्ने सक्षम नेतृत्व आउनुपर्छ । त्यस्तो सक्षम नेतृत्व छान्नुहोस् र निर्माण व्यवसायीहरुको संयुक्त प्रयासमा संघ चल्न सक्ने वातावरण हामी सबै मिलेर बनाऔं भन्ने मेरो आग्रह छ र मेरो अध्यक्ष समूहलाई विजयी गराउन पनि अनुरोध गर्दछु । काठमाडौँ उपत्यकाका निर्माण व्यवसायीको हक हितका लागि हाम्रो प्यानलकै जीत आवश्यक छ ।
(कुराकानीमा आधारित)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी