×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीको सरुवामा गृहमन्त्रीको मनपरी, आफ्नै भतिजलाई वैदाम इञ्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रहरीको सरुवामा गृहमन्त्रीको मनपरी, आफ्नै भतिजलाई वैदाम इञ्चार्ज !

Artha Sarokar

११ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रहरीको सरुवामा गृहमन्त्रीको मनपरी भएको पाइएको छ । प्रहरीमा चेन अफ कमान्ड कायम राख्ने र सरुवा , बढुवामा हस्तक्षेप नगर्ने घोषणा गरेका गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्ना भतिज वसन्त शर्मालाई वडा प्रहरी कार्यालय वैदाममा काज सरुवा गरेर नातावादलाई प्राथमिकता दिएपछि उनको मनपरी छताछुल्ल भएको हो । 
नियमित सरुवामा वैदाम इञ्चार्ज वन्न दर्जनौ इन्सपेक्टरहरुको ‘इन्ट्रेष्ट’ देखिएको पाइएपछि त्यहि वमोजिमको दवाव र चलखेल हुने भएपछि गृहमन्त्रीको आग्रहमा आइजीपी प्रकाश अर्यालले वसन्त शर्मालाई काज सरुवाको निर्णय गरि वैदाम पठाएको बुझिएको छ ।
गृहमन्त्री कडा र निस्पक्ष देखिएकको भन्ने चर्चा चलिरहेका बेला उनको यस्तो मनपरी छताछुल्ल भएको हो ।गृहमन्त्रीले आफन्त र वरपरका मान्छे हेर्दैनन् भन्ने कुरा सुनिएपनि सकेनन् । वडा प्रहरी कार्यालय वैदाम किन सवै जसो इन्सपेक्टरको रोजाइमा पर्छ भन्ने कुरा उनीहरुकै इन्ट्रेस्टवाट उठेको विषय हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी