×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४० हजार घुस रकमसहित सव डिभिजन वन कार्यालय धादिङका प्रमुख अख्तियारको नियन्त्रणमा

PRIME CA

४० हजार घुस रकमसहित सव डिभिजन वन कार्यालय धादिङका प्रमुख अख्तियारको नियन्त्रणमा

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फर्निचर उद्योगसँग घुस मागिरहेको अवस्थामा सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई पक्राउ गरेको हो ।
आयोगका अनुसार सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भन्दै पौडेलले ४० हजार रुपैयाँ माग गरेका थिए । घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले पौडेललाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: