×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा, वस्तु वा सेवा खरिद गरी अनलाईन भुक्तानी गर्न सकिने

PRIME CA

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा, वस्तु वा सेवा खरिद गरी अनलाईन भुक्तानी गर्न सकिने

१८ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा भारतबाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् । बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: