
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – डा. भीमार्जुन आचार्य । चर्चित वकिल । उनले जीवनमा थोरैमात्र मुद्धा हारेका छन् । त्यहि भएरपनि होला उनलाई चुडामणि शर्माले आफ्नो वकिल बनाएका छन् । जीवनमा खासै मुद्धा नहारेका आचार्यले यो मुद्धा पनि हार्दैनन् भन्ने चर्चा एकातर्फ छ भने यो मुद्धा हारे भने उनले जीवनमा हारेको सबैभन्दा ठुलो मुद्धा हुनेछ यो ।
चुडामणी शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागिएसँगै अव आचार्यले मुद्धा जित्छन् भन्ने अड्कल काट्नेहरु बढेका छन् । मंगलबार मात्र शर्मालाई थुनामा राख्ने काम गैरकानुनी हो भन्दै सर्वोच्चमा रिट परेको छ । भीमार्जुन आचार्य यसको चर्को तयारीमा रहेको स्रोतको दावी छ । धरौटी रकमका बारेमा शर्माले आफ्ना वकिल डा. भीमार्जुन आचार्यसँग उक्त दिननै परामर्श गरेका थिए ।
अख्तियारले मागेको धरौटी रकम अहिलेसम्मकै ठूलो रकम धरौटी बुझाएमा शर्मा हिरासतमुक्त भएर मुद्दा लड्न सक्छन् । अख्तियारले केही दिनमै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । अख्तियारले मुद्दा हालेपछि कसरी अगाडी बढ्ने भन्ने कुरामा आचार्यले आन्तरिक तयारी गरिरहेका छन् । शर्माका पक्षमा वढिभन्दा वढि वकिल जुटाउन उनी क्रियाशील छन्।
आयोगमा कूल १७२६ निवेदन परेकोमा १०६९ वटा उपर कारबाही गरि कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो। कूल ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बक्यौता मिनाहाका लागि निवेदन परेको थियो। त्यस मध्ये आयोगले ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको निवेदन फर्छ्यौट गरेको थियो। जसमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ कर तिर्न लगाएर बाँकी २० अर्ब ९८ करोड रुपैयाँको बक्यौता मिनाहा गरेको हो। कूल निवदेन परेको मध्ये १० अर्ब ३० करोड ७६ लाख रुपैयाँ फर्छ्यौट हुन बाँकी रहेको छ ।
राजश्वसम्बन्धी सबैभन्दा ठुलो मुद्धा भएकाले यो प्रकरणसँगै भीमार्जुन आचार्यको करियर जोडेर चर्चा गर्नेहरुपनि बढेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्