Skip to content
LAXMI SUNRISE BANK

सिन्धुपाल्चोकका बाढी पिडितलाई कुमारी बैंकको साथ :अत्यावश्यक सामग्री तथा औषधी हस्तान्तरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोकका बाढी पिडितलाई सहयोग गरेको छ । बैंकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित जन समुदायलाई सहयोग स्वरुप पीडितजन समुदायकालागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको हो । 
उक्त राहत सामाग्री कुमारी बैंक, मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK