
- डीआर नेपाल
हामी सबैलाई थाहा भइसकेको छ, ‘काठमाडौँ महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन् ।’ कतिले यो निर्णय सुनेर अचम्म मान्नु भो होला । कतिलाई दुख लाग्यो होला । कतिलाई हाँसोपनि उठ्यो होला । कतिलाई रिस नै उठ्यो होला । तर अचम्म नमान्नुहोस् ! मेयरले मोबाइल किन्ने निर्णय गर्नुभन्दापनि त्यस्ता सोच भएकाहरुलाई प्रतिनिधि बनाउनु हाम्रो गल्ती भएको हो भनेर बुझ्नुपर्छ ।
बैठकको निर्णयअनुसार महानगर सदस्यका लागि ३० हजार रुपैयाँको मोवाइल सेट र एउटा सीम दिने निर्णय भएको छ । मोवाइल खर्चका लागि मासिक २५ सय रुपैयाँ दिने निर्णय गरिएको छ । मेयरका लागि अर्कै खाले निर्णय भएको छ । मेयर र उपमेयरका हकमा खरिद र खर्चमा बिलबमोजिमको भुक्तानी हुने बताइएको छ ।
अझ अचम्म त के छ भने काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि १५ सय बैठक भत्ता दिने निर्णय पनि गरेको छ । साथै नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार तोकिएको छ । जे मन लाग्यो त्यहि गर्ने ! अनि जनप्रतिनिधि भनेर नाक ठुलो बनाउने ! बैठकमा आउँदा १ हजार यातायात खर्च पनि दिइने भएको छ । आफ्नो दुनो सोझ्याउने यस्ता निर्णयले जनतालाई के फाइदा पुग्यो ? अहँ केहि केहि पुगेन !
त्यसैले अव उही केपी ओली स्टाइलले मनमनै सोच्ने हो, बस्ने हो, ‘नपाउनेले के पायो, मोबाइल किन्ने निर्णय लेखायो, दरिद्रता देखायो !’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्