×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्डै डेढ लाख नगदसहित तास खेलिरहेका ७ जना धनगढीबाट पक्राउ

PRIME CA

झन्डै डेढ लाख नगदसहित तास खेलिरहेका ७ जना धनगढीबाट पक्राउ

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । धनगढी उपमहानगरपालिकामा तास खेलिरहेका सात जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ सहिद गेट नजिक डडेलधुरा रिमझिम होटलमा तास खेलिरहेको अवस्थामा उक्त होटलका संचालक भागेश्वर गाउँपालिका घर भएका ३५ वर्षीय पदम नाथलगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ४८ हजार ९ सय ५० रुपैयाँ, ४ बुक तास र ९ थान मोबाईल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: