
- संजोग सापकोटा
सेयर बजार एउटा यस्तो ठाउँ हो, जहाँ समय-समयमा उत्तरचढाव भइनै रहन्छ । यहि उत्तरचढावमापनि केहि सामान्य र केहि असामान्य उत्तरचढाव हुन्छन् जुन हामी लगानिकर्ताहरूले बुझ्नै पर्ने कुरा हो । यसमापनि जुन आम लगानिकर्ताले सोचे बमोजिम हुदैन त्यसलाई असामान्य भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा बजारमा अपरझट परिवर्तन भएका नितिनियमले ल्याउने उतरचढावलाई जनाउँछ भने सामान्य भन्नाले सिजनल अथवा वातावरण अनुकुल अनुसार हुने उत्तरचढावलाई बुझिन्छ ।
आजभोलि बजारमा जसरी दिनभरी हरियो हुने अनि अन्तमा रातो हुदै बजार बन्द हुने र कहिले दिनभरी रातो हुने तर अन्तमा हरियो भएर बजार बन्द हुने गरेको छ यसले बजारमा लगानिकर्ता अलमलमा परेको जनाउँछ । त्यसैगरि कारोबारमा कमि आउनुको कारण भने लगानिकर्ता पर्ख र हेरको अवस्थामा रहेको जनाउँछ । अहिले यस्तो राम्रो तथा अनुकुल समयमा पनि बजार रातो हुनु अरु केहि नभएर तत्कालिन (क्षणिक) कारणहरू मात्र हो जसले गर्दा बजार धेरै समय यहि दिशामा रहने छैन ।
सबै क्षेत्रको हरेक कम्पनिले राम्रो नाफा आर्जन गरेकै छन् जुन हामी नौ महिना सम्मको रिपोर्टमा पनि हेर्न सक्छौ । अनि अर्को तर्फ देशमा चुनावी माहोल छ, देशमा आर्थिक वृद्धि दर राम्रो भएको छ । अझ शेयर बजारमा पनि गएको वर्ष र यस वर्षमा गरि धेरै विकाशका कार्यहरू भएका छन् जुन आम लगानिकर्ताको हितमा जारी छ । यता केहि समय अघि देखि बढ्दै आएको ब्याजदर पनि यहि असार १ गतेबाट बैँकहरूले धमाधम घटाउन थालेका छन् ।
छोटो समयमा नै भएको धेरै विकाशका कार्यले लगानिकर्तामा बजारप्रति बिश्वासको भावना जगाएको छ र अझै धेरै विकासका कार्यहरू चाडै नै हुने प्रति आम लगानिकर्ता ढुक्क छन् त्यसैले अब प्रतिक्षाको घडि आउँदै छ अर्थात असार मसान्त जुन सबै लगानिकर्ताले नयाँ उचाइका लागि पर्खि बसेका छन् । बिगतका समय नै हेर्ने हो भने बितेका ५ वर्षमा हरेक असार मसान्तमा बजारले करिब करिब नयाँ उचाइ बनाउँदै आएको छ जुन यस प्रकार छन् :
आर्थिक वर्ष नेप्से परिसुचक
२०६८/६९ ३८९
२०६९/७० ५१८
२०७०/७१ १०३६
२०७१/७२ ९६१
२०७२/७३ १७१८
तसर्थ, यस वर्ष सबै कम्पनिको रिपोर्ट देखि लिएर सबै पक्ष सकारात्मक नै छन्, देशमा धेरै वर्ष पछि चुनावी माहोल छ, ब्याजदर घट्ने क्रम सुरु भएको छ, तरलता बिस्तारै बढ्दै गएको छ, नितिनियम लगानिकर्ताको हितमा बन्दै गएको छ त्यसैले आशा छ यो वर्ष पनि यी सुचीहरूमा एक नयाँ उचाइ थपिने छ ।
(नोटः नयाँ उचाइको आशा विगतका वर्षहरूको टे«ड र विविध सकारात्मक कुराहरूलाई मध्यनजर गरेर गरिएका हो त्यसैले खरिद बिक्री गर्दा सबैको कुरा सुनौँ तर आफै निर्णय गरौँ ।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्