×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुधमा आत्मनिर्भर बनाउने नेपाल बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

PRIME CA

दुधमा आत्मनिर्भर बनाउने नेपाल बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
झापा । दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाल सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) लाई सम्मान गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी दुधलाई आत्म निर्भर बनाउने अभियानमा सहकारीको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्म निर्भर भएको घोषणा’ कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरे ।
मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले बैंकिङसँगै, एनएमसी डेरी एकिकृत नमुना कृषि फार्म जस्ता महत्वपूणर् व्यवसायमार्फत आम मानिसलाई सेवा दिंदै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: