
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा गाउँपालिका तर्फ खाता खोलेको छ। राप्रपाले धादिङको विकट क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुबै पद सहित ३ वटा वडाध्यक्ष जितेको निर्वाचन अधिकृत गंगाबहादुर खरेलले जानकारी दिए।
आधिकारिक घोषणा हुन बाँकी रहेको सो परिणाम अनुसार राप्रपाका चेतन तामाङले विजय हाँसिल गरेका छन्। उनले निकटतम प्रतिस्पर्धी माओवादीका रामसिंह तामाङलाई पराजीत गरेका हुन् । चेतनले १४ सय ८४ मत प्राप्त गर्दा रामसिंहले ९५३ मत पाएका छन्।
त्यस्तै, उपप्रमुखमा राप्रपाकी विना लामा विजयी भएकी छिन्। उनले निकटतम प्रतिस्पर्धी एमालेकी डिलमाया तामाङलाई पराजीत गरेकी हुन्। विनाको कूल १४०९ मत आउँदा प्रतिस्पर्धी अमृता गुरुङको जम्मा ९७२ मत आएको छ।
राप्रपाले सो गाउँपालिकाको ३,४ र ६ नं वडामा वडाध्यक्ष समेत जितेको छ। राप्रपाले अहिलेसम्म यस बाहेक कुनैपनि गाउँपालिका प्रमुखमा विजय हाँसिल गरेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्