×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेका मेयर उम्मेदवार विद्यासुन्दर भन्छन्, ‘आज दिनपनि ‘सन्’डे परेछ, एमालेको जीत निश्चित छ’

अर्थ सरोकार

प्रकाशित मिति : ३१ बैशाख २०७४, आईतवार

PRIME CA

एमालेका मेयर उम्मेदवार विद्यासुन्दर भन्छन्, ‘आज दिनपनि ‘सन्’डे परेछ, एमालेको जीत निश्चित छ’

तस्विर : अनलाइनखबर 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौं महानगरका मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले एमालेको जीत निश्चित भएको दावी गरेका छन् । यसअघिपनि अर्थ सरोकार डटकमद्वारा सञ्चालित अर्थ सरोकार निर्वाचन विशेष टेलिभिजन कार्यक्रममा काठमाडौँको मेयर विद्या सुन्दर शाक्य नै हुने दावी गरेका उनले आइतबारपनि सोहि कुरा दोहोर्याएका छन् । 
लगनचोकस्थित मतदान केन्द्रमा भेटिएका शाक्यले भने, ‘एमालेको जीत निश्चित छ ।’ रमाइलो पारामा उनी फेरि बोले, ‘आज त दिनपनि सन् डे (आइतबार) रहेछ, जित्नपनि सन् अर्थात सुर्यले नै जित्छ ।’ यता कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका छन् भने  विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकीराष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३ स्थित मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: