×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरी खाने नेपालीमाथि एनसेलको अन्याय, अत्याचारले सीमा नाघेपछि डिलरहरुमा भोटेताल्चा !

PRIME CA

गरी खाने नेपालीमाथि एनसेलको अन्याय, अत्याचारले सीमा नाघेपछि डिलरहरुमा भोटेताल्चा !

अर्थ सरोकार

प्रकाशित मिति : ११ बैशाख २०७४, सोमबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गैरकानुनी रुपमा नेपालमा बसेको आरोप लागेका एनसेलका लेखा प्रमुख समेत रहेका हादी हाल्मी र एनसेलमा २० प्रतिषत लगानी भएका सतिसलाल आचार्यको मिलेमतोमा एनसेलको डिलर खारेज भएका छन् । सोहि डिलर खारेजीको विरुद्धमा आज एनसेलको केन्द्रीय कार्यालयमा डिलर व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । आफुहरुले एनसेलमा काम गरेको १२ बर्षको योगदानको अवमूल्यन गरी एनसेलले नेपालमा दादागिरी देखाएको समेत उनीहरुको आरोप छ । ग्राहकले कर नतिरे सिमकार्ड तथा रिचार्ज कार्ड किन्दैनौ भन्ने गुनासो गरेपछि आफुहरुले एनसेललाई कर तिर्न दबाब दिएकै कारण यस्तो अन्याय गरेको हुनसक्ने आरोप लगाउँदै डिलर व्यवसायीहरु एनसेलविरुद्ध उत्रिएका हुन् ।

सतिसलाल आचार्य र हादी हाल्मीकोको डिजाइनमा नेपालीमाथि अत्याचार !

करछली लगायतका विभिन्न प्रकरणमा मुछिएको एनसेलका नेपाल प्रमुखसमेत रहेका सतिशलाल आचार्यले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि एनसेल डिलर एसोसिएसनमा आवद्ध डिलर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार एनसेलको केन्द्रिय कार्यालयमा धर्ना दिएका उनीहरुले आन्दोलनका थप कार्यक्रमहरुसमेत लिएर अगाडी बढ्ने जनाएका छन् । 
उनीहरुका अनुसार सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापनले आफुहरुलाई हटाएकोले जोनल एजेन्ट खारेज नगरेसम्म एनसेलमा धर्ना जारी राख्ने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एसोसिएसनका अध्यक्ष संजय कुमार अग्रवालले एनसेललाई विगतको सम्झौता अनुसार अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिएका छन् । ‘एनसेललाई आजको अवस्थामा ल्याउन सहयोग पुर्याउनेहरुको योगदानको अवमूल्यन भयो भने राम्रो हुँदैन । हामी जस्तोसुकै आन्दोलनपनि गर्न तयार छौं ।’ उनले भने । 
यी वितरक र डिलरमा भोटेताल्चा !
सन् २००५ देखि एनसेलको सिम, रिचार्जकार्ड विक्री वितरण गर्दै आएका नेपालमा एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेका छन् । ‘आइतबार काठमाडौंका वितरकहरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्रेड इन्टरनेशनल प्रालि र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छौं भने पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमापनि तालाबन्दी गरेका छौं । यो आन्दोलनलाई अझ सशक्त बनाउनेछौं ।’ एसोसिएसनका अध्यक्ष अग्रवालले अर्थ सरोकार डटकमसँग भने ।





Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: