×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ प्रतिशतले बजार बढेपछि नेप्सेमा सर्किट ब्रेक, सूचक १६५१ माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४ प्रतिशतले बजार बढेपछि नेप्सेमा सर्किट ब्रेक, सूचक १६५१ माथि

२० चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइतवार नेप्सेमा १ घण्टा ५७ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । शेयर बजारको नियम अनुसार ३० मिनेटसम्म कारोबार बन्द रहनेछ । १ : २७ बजे देखि कारोबार पुनः सुचारु हुने छ । नेप्से परिसूचक १ हजार ६ सय ५१ विन्दुमा पुगिसकेको छ । यस व्यापार अवधिसम्म १ सय ३० कम्पनीको रू. ८० करोड ५८ लाख बराबरको शेयर कारोबार भएको हो । बीमा समूहको परिसूचक उच्च अङ्कले बढेको छ । यस समूहको परिसूचक ८ दशमलव ९१ प्रतिशतले बढेको छ भने रू. २७ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।
साथै, विकास बैङ्क समूहको परिसूचक ३ दशमलव ९९ प्रतिशत, बैङ्किङको ३ दशमलव ४६, होटलको ३ दशमलव ३, जलविद्युतको २, वित्त कम्पनीको १ दशमलव ८८ र ‘अन्य’ समूहको १ दशमलव १४ प्रतिशत घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी