- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – कुमारी बैंकले आइतबारदेखि हकप्रद निस्कासन गरेको छ । बैंकले साबिक दुई शेयर हुनेलाई एकको अनुपातमा हकप्रद निस्कासन गरेको हो ।
बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निस्कासन गरेको छ । कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आबेदन दिन सकिने बिक्रि प्रबन्धक सिदार्थ क्यापिटलले जनाएको छ ।
बैंकको हाल पूँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।