×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको साधाणसभा चैत १७ मा हुने,

LAXMI SUNRISE BANK
GLOBAL

एसियन लाइफको साधाणसभा चैत १७ मा हुने,

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले चैत १७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा गर्न चैत ३ देखि १७ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।
 सभामा कम्पनीले २० बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । यसैगरी, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि एसियनले साधारण सभामा लैजाने भएको छ ।
एसियन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड आठ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख २७ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा २९ करोड २० लाख आठ हजार रुपैयाँ छ । एसियनको जीवन बिमा कोषको आकार आठ अर्ब ८६ करोड ५७ लाख ५६ हजार रुपैयाँको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी