×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु र सिटिजन्सले पाए हकप्रद शेयर ल्याउने अनुमति

PRIME CA

प्रभु र सिटिजन्सले पाए हकप्रद शेयर ल्याउने अनुमति

अर्थ सरोकार

१३ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – २ कम्पनीहरू प्रभु इन्स्योरेन्स र सिटिजन्स बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
बिहीवार प्रभु इन्स्योरेन्सले २ बराबर १ को अनुपातमा र सिटिजन्स बैङ्कले १० बराबर २ दशमलव ५ को अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति  पाएका हुन् । दुवै कम्पनीले गत आवको नाफाबाट हकप्रद वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि धितोपत्र बोर्ड पुगेका थिए । अब प्रभुले १९ करोड २५ लाख ७ हजार ८ सय ८१ रूपैयाँको १९ लाख २५ हजार ७९ कित्ता हकप्रद शेयर विक्री गर्नेछ भने सिटिजन्सले १ अर्ब  ३८ करोड ४३ लाख ३७ हजार ९ सय रूपैयाँको १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद शेयर विक्री खुला गर्नेछ । 
हकप्रद शेयर विक्रीको काम प्रभु इन्स्योरेन्सको प्रभु क्यापिटलले र सिटिजन्सको सानीमा क्यापिटलले गर्नेछ । आर्थिक अवस्थालाई हेर्दा चालू आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी ३८ करोड ५० लाख १६ हजार रूपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ करोड ४० लाख ९५ हजार रूपैयाँ छ । यो त्रैमासमा प्रभु इन्स्योरेन्सले २ करोड ९२ लाख १७ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै सिटिजन्स बैङ्कले पनि यो त्रैमासमा ६३ करोड १६ लाख ६८ हजार रूपैयाँ खूद नाफा कमाएको छ । चुक्ता पूँजी ५ अर्ब  ५३ करोड ७३ लाख ५२ हजार रूपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ९० करोड ७४ लाख ५४ हजार रूपैयाँ रहेको छ । अनुमति पाएसँगै दुवै कम्पनीले चाँडै हकप्रद निष्कासनको प्रकृया अगाडी बढाउने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: