×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको लाभांस बैंक खातामै पठाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको लाभांस बैंक खातामै पठाइने

Artha Sarokar

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं  – मेरो  माइक्रोफाइनान्स वित्तीय संस्थाको १०५ नगद लाभांश शुक्रबारबाट वितरण हुँदैछ । मेरोको पुस १५ गते बसेको साधारण सभाले असार मसान्तसम्मको चुक्ता पुँजीबाट १०५ बोनस सेयर र १०५ नै नगद लाभांस दिने प्रस्तावलाई पारित गरेको थियो । 
मेरोको सेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटल लिमिटेड हो । लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामै पैसा पठाइने भएको छ । बोनस सेयर पनि डिम्याट खातामै पठाइने मेरो माइक्रोफाइनान्सले जानकारी दिएको छ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्सले चार करोड ६४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो माइक्राइनान्सको हाल चुक्त पुँजी २२ करोड रुपैयाँ छ भने रिजर्भमा १२ करोड ३२ लाख ८९ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ चार पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी