- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बैंकहरुले ऋणको ब्याजको तुलनामा निक्षेपको ब्याज केही बढाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार निक्षेपको ब्याज ०.५२ प्रतिशत बिन्दुले बढाएका बैंकहरुले ऋणको ०.४३ प्रतिशत बिन्दुले मात्र बढाएका छन् ।
२८ बाणिज्य बैंकहरुको अहिले पनि समग्र निक्षेपको औसत ब्याजदर ३.९८ प्रतिशत मात्र छ । ऋणको ब्याज भने ८.८८ प्रतिशतबाट बढेर ९.३१ प्रतिशत पुर्याएका छन् । बैंकहरुको स्प्रेड दर बढेको छ । पाँच प्रतिशतको सीमालाई नाघेर बैंकले स्प्रेड ५.३३ प्रतिशत पुर्याएका छन् ।