
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा अहिले सम्म दुई सय २१ कम्पनि सुचिकृत रहेकोमा ७० भन्दा बढीको कारोबार हुँदैन । तिनीहरु मध्ये कतिपय नेप्सेको सम्पर्कमै छैनन् भने केहिले नविकरण शुल्क नबुझाएको कारण कारोबार रोक्का गरिएको छ ।
वित्तिय अवस्था कमजोर भइ नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीमा राखेका फाइनान्स एवं विकास बैंक र मर्जरमा गएका संस्थाको पनि कारोबार हुँदैन ।
सूचीकरण शुल्क नबुझाएको कारण बुटवल स्प्रिङ्ग मिल्स र फ्ल्योर हिमालयन लिमिटेडको कारोबार स्थगित गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेप्सेमा बुटवल स्प्रिङ्गको १३ लाख ६ हजार ६९३ कित्ता र फ्ल्योर हिमालयनको दुईलाख ६२ हजार १०२ कित्ता शेयर सुचिकृत थिए ।
राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेका नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स ९४३ लाख २० हजार कित्ता, सम्झना फाइनान्स ९२ लाख २५ हजार कित्ता, कुबेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स ९१५ लाख कित्ता, जनरल फाइनान्स ९१३ लाख २२ हजार २८० कित्ता, वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ९१८ लाख १९ हजार २०० कित्ता, हिमालयन फाइनान्स ९१४ लाख कित्ता, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ९९३ लाख ५० हजार ६९५ कित्ता र कर्पोरेट डेभलपमेन्ट बैंक ९२० लाख कित्ता शेयर सुचिकरणबाट आउट भएका छन् ।
१० कम्पनी सञ्चालनमै नभएका कारण शेयर कारोबार हुँदैन। यी कम्पनीमा सर्वसाधारणले गरेको लगानी ‘बालुवा पानी’ सरह भएको छ । यसरी डुबेका कम्पनीमा बिराट शु लिमिटेड ९१ लाख ६५ हजार कित्ता, हरिसिद्धि ब्रिक्स एण्ड टायल ९१ करोड ८६ लाख ५० हजार कित्ता, नेपाल ट्रेडिङ्ग लिमिटेड ९५० हजार कित्ता, नेपाल वेल फेयर कम्पनी ९४१ हजार कित्ता, ज्योती सिनिङ मिल्स ९१२ लाख ७० हजार २८८ कित्ता, भृकुटी पल्प एण्ड पेपर लिमिटेड ९३५ लाख कित्ता, गोरखकाली रबर उद्योग ९३८ लाख ३३ हजार ४०० कित्ता, नेपाल बनस्पती घ्यु उद्योग ९१ हजार २५० कित्ता०, नेपाल खाद्य उद्योग ९९० हजार कित्ता० र रघुपति जुट मिल्स ९१८ लाख ६ हजार ९६६ कित्ता० छन् ।
नेप्सेको सम्पर्कमै नरहेका कारण अरुण बनस्पती घ्यु उद्योग र नेपाल बिटुमिन एण्ड ब्यारलको कारोबार स्थगित गरिएको छ। यी कम्पनीको क्रमशः पाँच लाख ५० हजार ३४३ कित्ता र दुई लाख १० हजार ६८० कित्ता शेयर नेप्सेमा सुचिकृत थियो।
नेप्सेमा सुचिकृत मध्ये २४ कम्पनी मर्जर र एक्वायरमा गएका कारण कारोबार स्थगित गरिएको छ। ती मध्ये केहि कम्पनी मर्जर पछि नयाँ नाममा कारोबारमा आइ सकेका छन् भने केही आउने प्रकृया छन्। मर्जररएक्वायरका कारण कारोबार स्थगित हुनेमा नेपाल फाइनान्स, ग्रान्ड बैंक, काठमाडौँ फाइनान्स, कास्की फाइनान्स, कामना बिकाश बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, एभरेस्ट फाइनान्स, बाग्मती डेभलपमेन्ट बैंक, महाकाली बिकाश बैंक, बिराटलक्ष्मी बिकाश बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, काक्रेबिहार बिकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, प्रोफेसनल दियालो बिकाश बैंक, युनिक फाईनान्स, एस डेभलपमेन्ट बैंक, गण्डकी बिकास बैंक र फेवा बिकाश बैंक छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्