
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले MDRT बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहका बीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य भएका आप्mना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना MDRT, २० जना Cort of the Table (COT) र ९ जना Top of the Table (TOT) गरि २६७ जना अभिकर्ताहरु Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य भएका छन् ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले Million Dollar Round Table (MDRT) जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए । त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले Million Dollar Round Table (MDRT)का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढि चढेर अगाडी बढ्नु भनेर शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे । समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए । कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद व्यक्त गर्नु भयो साथै अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे।
पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बनाए ।
नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गरे । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्