×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL

साना किसान बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – ५० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी भएको साना किसान विकास बैंक  (Sana Kisan Bikas Bank Ltd) ले दोस्रो त्रैमासमा खुद मुनाफा ५२ दशमलव १२ प्रतिशतले वृद्धि गरी १५ करोड ८१ लाख रुपैयाँ कमाउन सफल भएको भने गत वर्षको सोहि अवधिमा १० करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंक (SKBBL) ले ५९ करोड ६९ लाख १८ हजार रुपैयाँ जगेडाकोषमा राखिएको छ । कर्जा तर्फा १२ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ३७ दशमलव ७७ प्रतिशतले बढेर २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ५२ दशमलव १२ प्रतिशतले बढेर २४ करोड ८४ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक ६२ दशमलव ६८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ९० दशमलव २२ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा शून्य दशमलव ११ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १० दशमलव ३३ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी