- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – निजि क्षेत्रको निजीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (Prudential Insurance Company. Limited.) ले दोस्रो त्रैमासमा खुद मुनाफा २६ दशमलव ६४ प्रतिशतले वृद्धि गरी ४ करोड ८० लाख रुपैयाँँ मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।
३५ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २० करोड ४० लाख रुपैयाँ र बीमा कोषमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ । प्रुडेन्सियलको आम्दानी २७ दशमलव २७ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँ पुगेको छ भने खर्चमा २६ दशमलव ०८ प्रतिशतले बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले यस अबधिमा बीमा शुल्क ९खुद० १७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने १७ करोड ८४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी ९खुद० गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या ५१ हजार ४ सय ३० रहेको छ भने कुल दाबी भुक्तानी संख्या १ हजार ६ सय ७७ रहेको छ ।
कम्पनी (PICL) को प्रति शेयर आम्दानी वार्षिक २२ दशमलब ६८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ३१ दशमलव २४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात वार्षिक ५१ दशमलब ७६ गुणा रहेको छ ।