
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – अहिले कुन शेयर किन्दा ठिक हुन्छरु शेयर बजार दैनिक घट्न थालेपछि आमलगानीकर्ताले सोध्ने साझा प्रश्न हो यो ।
घट्दो बजारमा कसैले पनि कुन शेयर खरिद गर्दा राम्रो हुन्छ भन्न सक्दैन । शेयर बजारमा सबैभन्दा बढि कारोबार बैंक तथा वित्तीय संस्थाहरुकै हुन्छ । यसमा पनि सस्तो मूल्यमा केही कम्पनीको शेयरहरु पाइएको छ ।
तीन सयदेखि चार सय रुपैयाँ मूल्य हाले बाणिज्य बैंकहरुकै शेयर पाइन्छ । दुईदेखि तीन सय रुपैयाँ हाले विकास बैंक र दुई सयसम्म हाले फाइनान्स कम्पनीको शेयर पाइन्छ ।
वाणिज्य बैंकहरुमा सबैभन्दा कम मूल्य सिभिल बैंकको छ । मंगलबारको कारोबारमा यसको अन्तिम मूल्य २२८ रुपैयाँ कायम भएको छ । प्रभु बैंक ३०० रुपैयाँ, सेन्चुरी कमर्सियल बैंक ३००, माछापुच्छ्रे ३६४, नेपाल बैंक ३६९, प्राइम कमर्सियल बैंक ३७५ रुपैयाँ, ग्लोबल बैंक ३९५ रुपैयाँमै पाइन्छ ।
१३ विकास बैंकको शेयर मूल्य २०० देखि ३०० रुपैयाँसम्म छ । पुर्णिमा विकास बैंकको ३०० रुपैयाँ, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक २९४, सप्तकोशी डेभलपमेन्ट बैंक २८०, वेस्टन डेभलपमेन्ट बैंक २७२, भिवोर सोसाइटी १६८, कर्णाली विकास बैंक २६५, ज्योति विकास बैंक २५८, साझा विकास बैंक २३३, अल्पाइन २६५, महालक्ष्मी विकास २३२, देव विकास बैंकको २०० रुपैयाँमा शेयर पाइन्छ ।
१५ वटा फाइनान्स कम्पनीको शेयर मूल्य २०० रुपैयाँ मुनि छ । सिनर्जी फाइनान्सको प्रति शेयर मूल्य १४४ रहेको छ । अरुण फाइनान्स १६७, सेती फाइनान्स १६६, युनियन फाइनान्स १७५, प्रोग्रेसिभ फाइनान्स १६६, युनियन फाइनान्स १७५, मल्टि प्रपोज फाईनान्स १३२, भक्तपुर फाईनान्स १६५, एभरेस्ट फाइनान्स १९०, गुहेश्वरी मर्चेन्ट १९५, जेबिल्श फाइनान्स १८१, ललितपुर फाइनान्स १८३ र मन्जुश्री फाइनान्स १६० रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्