- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (Shangrila Development Bank Ltd.) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निक्षेप गत वर्षको सोहि अवधिमाभन्दा ३१ दशमलव ९२ प्रतिशतले बढाएर १२ अर्ब ४ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । भने कर्जामा ५२ दशमलव ९३ प्रतिशत वृद्धि गरि १० अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।
बैंक (SADBL) ले खुद मुनाफा १२ करोड ९६ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३७ दशमलव ७६ प्रतिशतले बढी हो ।
१ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले जगेडा कोषमा ५० करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खुद व्याज आम्दानी ६५ दशमलव १८ प्रतिशतले बढेर ३३ करोड ११ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३५ दशमलव ४५ प्रतिशतले वृद्धि गरी १९ करोड ९९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड २३ लाख रुपैयाँ राखेको छ ।
बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ७५ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्यदशमलव ६८ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव १६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव २१ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ रुपैयाँ रहेको छ भने तरलता अनुपात २८ दशमलव ९५ प्रतिशत रहेको छ ।