×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाईटेड फाईनान्सको नयाँ शाखा कैलालीको धनगढीमा, २४ स्थानामा पुग्यो शाखा सञ्जाल

PRIME CA

युनाईटेड फाईनान्सको नयाँ शाखा कैलालीको धनगढीमा, २४ स्थानामा पुग्यो शाखा सञ्जाल

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । युनाईटेड फाईनान्सले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले बिहीबारदेखि कैलाली जिल्लाकाे धनगढी चौराहामा आफ्नो २४औं शाखा सञ्चालनमा ल्याएको हो ।
बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष श्री पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका थिए ।  सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।
नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ । युनाईटेड फाईनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: