Skip to content
LAXMI SUNRISE BANK

सिद्दार्थ बैंकको सेयर मूल्य समायोजन

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सिद्दार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बैंकले गत आर्थीक बर्षको कमाईबाट ३९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। 
२५ प्रतिशत हकप्रदले समेत पाउने गरि बैंकले ३९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बोनस सेयर समायोजनपछीको बैंकको प्रति कित्ता समायोजित सेयर मूल्य ६६४ रुपैयाँ र आधार मूल्य ७४० रुपैयाँ कायम गरिएको छ। ३९ प्रतिशत बोनस सेयरका लागि माघ २० मा बुक क्लोज गर्ने निर्णय गरेकाले माघ १९ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर पाउने छन।  
२५ प्रतिशत हकप्रद र ३९ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ८६ करोड रुपैयाँ पुग्ने छ।  बैंकको पुष २७ मा बसेको संचालक समितिको बैठकले बोनस सेयर वितरणपछि कायम चुक्ता पुंजीबाट थप ३० प्रतिशत हकप्रद दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ।  
३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ६१ करोड नाघ्ने छ। उक्त ३० प्रतिशत हकप्रद प्रस्ताब फागुन ५ मा डाकिएको साधारणसभाले पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ।  हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कमाईमा ५२ प्रतिशतको बढोत्तरी गर्दै ७४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK