
- अर्थ सरोकार सम्बाददाता
नेपाल प्रहरीमो आईजीपीका दावेदार डिआईजी जय बहादुर चन्दलाई अंग्रेजी भाषाले निकै समस्यामा परेको छ।
अघिल्लो साता राजधानी काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औँ एसिया क्षेत्रीय सम्मेलनमा अङग्रेजी भाषा नजानेकै कारण उनी विदेशीनु परेको बताइन थालेको छ ।
पछिल्लो समयमा प्रहरी महानिरीक्षक बन्नका लागि निकै दौड धुपमा लागेका डिआईजी चन्दको अङग्रेजीको समस्याका कारण कार्यक्रम नै छोडेर भाग्नेले कथन कदाचीत महानिरीक्षक नै भए भने कसरी नेतृत्व समाह्लान भन्ने विषयमा प्रहरी संगठनभित्रै चर्चा समेत हुन थालेको छ ।
त्यो कार्यक्रममा डिआईजीहरु नवराज शिलवाल, बम बहादुर भण्डारी र चन्दले आ–आफ्नो कार्यक्षेत्रको बारोबार कार्यपत्र प्रस्तुत गर्नु पर्ने कार्यक्रम रहेको थियो । कार्यक्रममा डिआईजी भण्डारीले अन्तराष्ट्रिय आतंकबादका विषयमा कार्यपत्र प्रस्तुत गरे । यस्तै डिआईजी शिलवालले बन्यजन्तुका विषयमा कार्यपत्र प्रस्तुत गरे । यसअघि उनले साही विषयमा अवार्ड समेत पाएका छन् ।
तर डिआईजी चन्दले लागुऔषध निणन्त्रण गर्न नेपालमा कसरी काम भइरहेको छ भनेर कार्यपत्र प्रस्तुत गर्नु पर्ने थियो । तर भाषाकै समस्या कारण उनी भारत तर्फ लागेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्