
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बुधवार नेप्से परिसूचक १ दशमलव ६५ प्रतिशत घटेको छ । १ घण्टा नवित्दै १ हजार ४ सय २ विन्दुमा झरेर पुनः सुधारिने प्रयासमा रहेको परिसूचक पुनः ओरालो लागेको छ । २ घण्टाको व्यापारमा परिसूचक २३ दशमलव ६८ अङ्क घटेर १ हजार ४ सय ९ दशमलव ३१ विन्दुमा पुगेको छ ।
उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक ओरालो लागेको हो । यस समयमा १ सय १० कम्पनीको १ हजार ७ सय ७६ पटकको व्यापारमा रू। २८ करोड ४० लाख बराबरको रकम कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसुचक २ दशमलव शून्य ७ प्रतिशत, बीमाको २ दशमलव शहून्य ३ प्रतिशत, वित्त कम्पनीको १ दशमलव ३९ प्रतिशत र जलविद्युतको १ दशमलव २१ प्रतिशत घटेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ९७ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ४ प्रतिशत र होटलको शून्य दशमलव २४ प्रतिशत घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्