×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको पहिलो दिन नेप्से ०. १५ प्रतिशत उकालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साताको पहिलो दिन नेप्से ०. १५ प्रतिशत उकालो लाग्यो

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव १५ प्रतिशत बढेको छ । १ हजार ४ सय ६२ विन्दुबाट खुलेको शेयर बजार ३ घण्टाको व्यापारमा परिसूचक २ दशमलव १८ अङ्क बढेर १ हजार ४ सय ६४ दशमलव ७४ विन्दुमा पुगेको छ ।
जलविद्युत र वित्त कम्पनी समूहबाहेक अरु समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । यस समयमा १ सय १८ कम्पनीको १ हजार ६ सय ३० पटकको व्यापारमा रू। २० करोड ४० लाख बराबरको रकम कारोबार भएको छ ।
होटल समूहको परिसूचक १ दशमलव ४१ प्रतिशतले बढेको छ । त्यस्तै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ६ प्रतिशत,  बैङ्किङको शून्य दशमलव २१ प्रतिशत, बीमाको शून्य दशमलव १४ प्रतिशत र उत्पादन तथा  प्रशोधन कम्पनीको  शून्य दशमलव १३ प्रतिशत बढेको छ । त्यस्तै, वित्त कम्पनीको १ दशमलव ४१ र जलविद्युत कम्पनीको शून्य दशमलव ३९ प्रतिशत घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी