
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा बिहिबार ३ कम्पनीका ३७ लाख ७२ हजार कित्ता सेयर सुचिकृत भएका छन। बिहिबारको कारोबारमा सुचिकृत हुनेमा प्रोग्रेसिब फाइनान्स, युनाइटेड फाइनान्स र सिद्दार्थ डेभलपमेन्ट बैंक रहेका छन।
सिद्दार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४४ हजार ७ सय ७६ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस सेयर दिएको हो।
त्यस्तै युनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता बोनस सेयर सुचिकृत भएको छ। काठमाण्डौं मै मुख्य कार्यालय रहेको युनाइटेड फाइनान्सले आफ्ना लगानीकर्तालाई गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस शेयर दिएको हो।
त्यसतै प्रोग्रेसिब फाइनान्सको ९८ हजार ४ सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ। फाइनान्सले ७५ प्रतिशत अर्थात ४ बराबर ३ कित्ता सेयरका दरले हकप्रद बिक्रि गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्