
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव २६ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ३ दशमलव ७५ अङ्कले घटेर १ हजार ४ सय ६२ दशमलव ३४ विन्दुमा पुगेको छ । बैङ्किङ, विकास बैङ्क, जलविद्युत र ‘अन्य’ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न दबाब परेको हो ।
यस समयमा १ सय ११ कम्पनीको २ हजार २ सय ५९ पटकको व्यापारमा रू। २१ करोड ७४ लाख बराबरको रकम कारोबार भएको छ ।
होटल समूहको परिसूचक १ दशमलव ८ प्रतिशत, वित्त कम्पनीको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत, उत्पादन तथा प्रशोधन र बीमा समूहको परिसूचक भने क्रमशः शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ ।
त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, जलविद्युतको शून्य दशमलव १९ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव शून्य १ प्रतिशत घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्