×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०.०२ प्रतिशत उकालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL

नेप्से ०.०२ प्रतिशत उकालो लाग्यो

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  बुधवार नेप्से परिसूचक शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापार अवधिमा परिसूचक शून्य दशमलव ३३ अङ्कले बढेर परिसूचक १ हजार ४ सय ७७ दशमलव २३ विन्दुमा पुगेको छ । बैङ्किङ, वित्त कम्पनी र अन्य समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो ।

 यस व्यापार अवधिमा १ सय १५ कम्पनीको १ हजार ७ सय २३ पटकको व्यापारमा रू। १७ करोड ३८ लाख बराबरको रकम कारोबार भएको छ ।

वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत, बैङ्किङको शून्य दशमलव २९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक  शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

त्यस्तै, जलविद्युत समूहको  परिसूचक शून्य दशमलव ८१ प्रतिशत, बीमाको शून्य दशमलव ६८ प्रतिशत, होटलको शून्य दशमलव ५५ प्रतिशत र विकास बैङ्क समूहको शून्य दशमलव २८ प्रतिशत घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी