Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकको २२ हजार ५५७ कित्ता सेयर लिलामी मंगलबारदेखि बिक्री खुला, कहाँबाट दिने आवेदन ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबारदेखि नारायणी डेभलपमेन्ट बैंकले संस्थापक समूहको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले यस लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
यसमा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको अधिकांश शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद चैत १० गतेसम्म रहेको छ । बैंकले माघ १३ देखि फागुन ३ गतेसम्म ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK