×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा लघुवित्त वित्तीय संस्थाको नाफा २२४% ले बढ्यो, जगेडा कोषमा २६ करोड ६३ लाख ८७ हजार रुपैयाँ सञ्चित

PRIME CA

जाल्पा लघुवित्त वित्तीय संस्थाको नाफा २२४% ले बढ्यो, जगेडा कोषमा २६ करोड ६३ लाख ८७ हजार रुपैयाँ सञ्चित

अर्थ सरोकार

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चालू आवको तेस्रो त्रैमासमा जाल्पा लघुवित्त वित्तीय संस्थाले ६ करोड २९ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा २२३.९० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा पनि वृद्धि भएको छ । चैत मसान्तसम्ममा कम्पनीले खुद ब्याज आम्दानी ११६.३२ प्रतिशत र सञ्चालन नाफा १०१.०५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ६३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: