×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब २४ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब २४ करोडमाथिको कारोबार

Artha Sarokar

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१२ कम्पनीको ९९ लाख ४ हजार ५२९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २४ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ४३ करोड ६२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर र नबिल बैंकको भएको छ । आज ५ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने हिमालयन पावर पाटनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी