
- सन्तोष पाण्डे
तीन दशकभन्दा लामो ईतिहास भएको नेपाली शेयर बजार, अनेक उतारचढाव भोगेको नेपाली शेयर बजारमा हामी नया तथा युवा लगानिकर्ता यसै प्रबेश गरेका होइनौ ! आधुनिकताको चरम उत्कर्समा पुगेको बिश्व शेयर बजार हेरेर नेपाली शेयर बजारमा पनि आधुनिकता आउने अभिलाषा राखेर लगानी गर्न आएका हौ । तिम्रो पुरातन ट्रेडिङ शैलीलाई जरैदेखि उखेलेर आधुनिक विश्वब्यापी अन्लाईन ट्रेडिङ प्रणालीलाई स्वागत गर्न आएका हौ ।
सुधारको आशा देखाउने तर कामचाहिं सिन्को नभाच्ने तिम्रो प्रबृति देखेर हामी वाक्क भैसकेका छौ, दशौ पटक तिम्रो ढोकामा पुगेर, हजारौ पटक सन्चारमाध्यम र समाजिक सन्जालबाट तिमीलाई आधुनिकतामा जान आग्रह गर्दा पनि तिम्रा फुटेका कानले हाम्रो आवाज नसुन्ने ? बिश्वका सम्पुर्ण राष्ट्रहरुले अनलाइन प्रविधिबाट शेयर कारोबार गराइरहदा दुनियाले प्रयोग गरेको प्रबिधी हाम्ले प्रयोग गर्न नपाउने ?
समय अनुसार स्वोबिबेकले आफुलाइ परिष्कृत गर्न त सकेनौ सकेनौ आम लगानीकर्ताले तिम्रो दैलोमै पुगेर प्रबिधीमा सुधार गर्न आग्रह गर्दा पनि बाल मतलब नदिने तिमी कस्कालागि काम गरिराखेका छौ ? कोबाट सन्चालित छौ ?
तिमी आफैले ब्रोकर थप गर्ने सम्बन्धमा समिती बनाउने अनि त्यहि समितिले बैन्कलाई ब्रोकर लाइसेन्स दिनु नै आजको आवस्यकता भनेर निर्णय बुझाउदा बुझाउदै पनि तिमी आम लगानिकर्तालाई भ्रममा पारेर उहीँ सनतन / पुरातनबादी शेयर दलाललाई रातारात उपत्यका बाहिर पठाउने गोप्य योजना बनाएर बस्ने ? यदि तिमीमा परिबर्तनको हिम्मत छ भने तिम्रै समितिले सिफारिस गरेको बैंकलाई शेयर ब्रोकर अनुमती दिएर देखाउ कि त नया ब्रोकरको आबेदन खुल्ला गर !
किन स्थापनाको तीस बर्षमा पनि एक ओटापनि साखा बिस्तार गर्न नसक्ने र नचाहने पुर्ख्यौली शेयर दलाललाई बिस्तार गरेर सिन्डिकेट लाद्न खोज्दैछौ ?
लगानीकर्ताले तिरेको करबाट तलब खाने हाकिमहरु हो अब तिमिहरुले तिम्रो बानी सुधार नत्र तिम्रा कालाकर्तुहरुको प्रदाफास गरेर तिमिहरुलाइ कठघरामा उभ्याउन नपरोस् ।
तिम्रा चल्खेल र भ्रस्टाचारको प्रदाफास गरेर नाङ्गे झार पार्न नपरोस् । यदि हाम्रा मागहरु नाजायज छन् र समय सापेक्ष छैनन भने हामिलाई गलत प्रमाणित गरेर देखाउ ! यदि हाम्रा मागहरु जायज र समय सान्दर्भिक छन भने अबिलम्ब हाम्रा माग पूरा गरेर देखाउ!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्