×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.४२ प्रतिशतले घट्यो नेप्से

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१.४२ प्रतिशतले घट्यो नेप्से

Artha Sarokar

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – साताको पहिलो दिन नेप्से परिसूचक १ दशमलव ४२ प्रतिशतले घटेको छ । विहानैदेखि घटिरहेको बजार अन्त्यमा पनि घटेरै बन्द भएको छ ।  दिनभरीको व्यापारमा शेयर बजार २१ दशमलव ८८ अङ्कले घटेर १ हजार ५ सय २२ दशमलव ८० विन्दुमा पुगेको हो । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । नेप्सेमा कारोबार रकम रू. २० करोड १५ लाखले घटेर रू. ४० करोड ५५ लाख पुगेको छ । यस दिन १ सय ४१ कम्पनीको ३ हजार ८ सय १९ पटकको व्यापारबाट ७ लाख ७ सय ३६ कित्ता शेयर किनबेच भएको छ ।

एभरेष्ट बैङ्कको रू. ३ करोड १७ लाख बराबरको रकम कारोबार भएको छ । कम्पनीको अन्तिम मूल्य रू. ३ हजार २ सय १२ पुगेको छ । यस दिन नमस्ते बित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ४ सय २४ पुगेको छ । साथै, एनबि इन्स्योरेन्सको शेयर मूल्य ७ दशमलव ४१ प्रतिशतले बढेको हो ।  अपि पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ४ सय ३२ पूगेको छ । साथै, पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव ६७ प्रतिशत र अरुण फाइनान्सको ९ दशलमव २७ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको परिसूचक ३ दशमलव ८२ प्रतिशत, होटलको ३ दशमलव ५६ प्रतिशत र बीमाको २ प्रतिशतले घटेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक १ दशमलव ६ प्रतिशत, विकास बैङ्कको १ दशमलव ५१ प्रतिशत, बैङ्किङको १ दशमलव २४ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशलमव ३६ प्रतिशतले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी