×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से १६ सय अंक माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से १६ सय अंक माथि

१५ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजार परिसूचक नेप्से लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ  । साताको चौथो दिन बुधबार बजार ३.५२ प्रतिशत अर्थात् ५४.६५ अंकले बढेर १६०८.३३ को उचाईमा पुगेर रोकिएको छ  ।  यस दिन कारोबारमा आएका सबै  समुहगत सूचक बढेका छन् ।
नेप्सेले यस अघि गत जेठ ३१ मा १६ सय अंक पार गरेको थियो ।
 आजको कारोबारमा १ सय ३५ कम्पनीका १५  लाख २५  हजार ४ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३६ करोड बढीको कारोबार भएको छ।  जसमा एभरेष्ट बैंकको मात्रै २० करोड  बढीको कारोबार भएको छ भने अन्य बढी कारोबार हुनेमा बैंक अफ काठमान्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, सिद्दार्थ बैंक , नेपाल लाइफ इन्स्योरेन्स रहेका छन। 
आजको कारोबारमा कमाउनेमा नेपाल इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, लक्ष्मी लघुबित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्  ।
आजको कारोबारमा दर्जन बढी कम्पनीका शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।  
आजको कारोबारमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, युनाईटेड फाइनान्स, रिडी हाइड्रोपावर, नेपाल ग्रामिण विकास बैंकका  लगानीकर्ताले गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी